Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

‘अदालतले प्रधानमन्त्रीको हुकम मान्ने कि संविधान ?’

‘अदालतले प्रधानमन्त्रीको हुकम मान्ने कि संविधान ?’

  • शुक्रवार, माघ १६ २०७७

  • 766
    SHARES

  • ‘अदालतले प्रधानमन्त्रीको हुकम मान्ने कि संविधान ?’

    काठमाडौं । राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला गर्दा अदालतसमक्ष प्रधानमन्त्रीको हुकुम मान्ने कि संविधान हेर्ने भनेर प्रश्न उठाउनुभएको छ ।

    संवैधानिक इजलासमा संसद् विघटनसम्बन्धी मुद्दामा बहस गर्दै वरिष्ठ अधिवक्तासमेत रहनुभएका विडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनस्र्थापना हुँदैन भन्दै हिँडेको तर संविधानमा संसद् विघटनको प्रावधान नरहेको बताउनुभयो । संवैधानिक प्रक्रियालाई अन्यथा व्याख्या नगर्न उहाँले इजलासलाई आग्रहसमेत गर्नुभयो ।

    विडारीले न्यायाधीशहरुले अर्को सरकारको विकल्प कहाँ छ भनी गर्दै आएको प्रश्नको पनि जवाफ दिनुभयो ।

    ‘सरकार फेर्ने अदालतले हो ? कसको संख्या कति छ ? त्यो संसद्मा हेर्ने हो’ उहाँले भन्नुभयो, ‘नेकपाको यति छ, कांग्रेसको यति छ भनेर क्याल्कुलेसन यहाँ गरेर हुन्छ ?’

    प्रधानमन्त्रीले अर्को सरकारको विकल्प छैन भनेकामा पनि विडारीले आपत्ति जनाउनुभयो । ‘संसद्नै विघटन गरिदिने अनि खै विकल्प भन्ने ? रुख काटिदिने अनि खै फूल फुल्या भन्ने ?, विडारीको प्रतिप्रशन थियो ।

    विडारीले इजलासमै प्रधानमन्त्री ओलीलाई हुतिहाराको संज्ञा दिनुभयो । उहाँलाई न्यायाधीशले यस्ता शब्द प्रयोग नगर्नु भन्दै सचेत गराएका थिए ।

    प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलाशमा आज पनि सुनुवाइ जारी छ । आज नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङसहित चारजनाको निवेदनमाथि अन्तिम सुनुवाइ भएको हो ।

    आज कृष्णभक्त पोखरेल र वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ सहित चारजनाले बहस गर्दैछन् ।


    शुक्रवार, माघ १६ २०७७०३:११:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij