Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगमा दुई नेकपाको छलफल स्थगित, प्रचण्ड अब आफैँ उपस्थित हुने

निर्वाचन आयोगमा दुई नेकपाको छलफल स्थगित, प्रचण्ड अब आफैँ उपस्थित हुने

  • शुक्रवार, माघ १६ २०७७

  • 1.2K
    SHARES

  • निर्वाचन आयोगमा दुई नेकपाको छलफल स्थगित, प्रचण्ड अब आफैँ उपस्थित हुने

    काठमाडौं । निर्वाचन आयोगले आजका लागि बोलाएको दुई नेकपाको छलफल स्थगित भएको छ । आयोगले बिहान साढे ११ बजेका लागि बोलाएको छलफल स्थगित भएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका नेता लीलामणि पोखरेलले जानकारी दिनुभयो ।

    आफूहरुले केही दिनको समय माग गरेपछि आयोगले उक्त आग्रह मानेको नेता पोखरेलले बताउनुभयो ।

    ‘निर्वाचन आयोगले पछिल्लोपटक पठाएको पत्रमा अध्यक्ष वा अध्यक्षले तोकेको व्यक्ति उपस्थित हुने भनेर भनिएको थियो । यो छलफलमा अध्यक्ष (प्रचण्ड)ज्यूले आफैँ बस्न चाहनुभयो’, नेता पोखरेलले भन्नुभयो, ‘अहिले उहाँ उपत्यकाबाहिर विभिन्न कार्यक्रमहरुमा सरिक भइरहनुभएको छ । अब १८ गतेपछिको उपयुक्त समय र मितिमा हामीहरु आउँछौँ भनेर खबर ग¥यौं ।’

    १८ गतेसम्मका लागि दुई पक्षीय छलफल स्थगित गर्नको लागि आग्रह गरिएको पत्र बोकेर लीलामणि पोखरेल, सुरेन्द्र पाण्डे, मुक्ति प्रधानलगायतका नेता आयोग पुगेका थिए ।

     


    शुक्रवार, माघ १६ २०७७०१:१६:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij