Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाल इन्फ्रास्टक्चर बैंकको आईपीओ बाँडफाँड, कसले कति कित्ता पाए ?

नेपाल इन्फ्रास्टक्चर बैंकको आईपीओ बाँडफाँड, कसले कति कित्ता पाए ?

  • शुक्रवार, माघ १६ २०७७

  • 817
    SHARES

  • नेपाल इन्फ्रास्टक्चर बैंकको आईपीओ बाँडफाँड, कसले कति कित्ता पाए ?

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले कम्पनीको आईपीओ आज बिहान १० बजे बाँडफाँड भएको हो ।

    बैंकको आईपीओमा ५० कित्तासम्म माग गर्ने सबै आवेदकले माग गरे बराबार पाएका छन् भने ६० कित्ता वा सो भन्दा बढी माग गर्ने ४ लाख ९२ हजार ७२० आवेदकले २० कित्ता सेयर पाएको बिक्री प्रबन्धकले जनाएको छ ।

    धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावली अनुसार बाँडफाँड गर्दा कम्पनीको आईपीओमा ५० कित्तासम्म माग गर्नेले माग गरेअनुसार नै सेयर पाएका छन् भने ६० कित्ता वा सोभन्दा बढी माग ११ लाख बढी आवेदकले गरेकोमा करिब ५ लाख आवेदकले थप १० कित्ता गरी ६० कित्ता सेयर पाएका छन् ।

    १० कित्ताका लागि आवेदन दिने ३४ हजार ३० आवेलदकलाई ३ लाख ४० हजार ३०० कित्ता सेयर बाँडफाँड भएको छ । यस्तै २० कित्ता सेयर माग गर्दै आवेदन दिने २९ हजार ८५४ जना आवेदकलाई माग गरेबराबर ५ लाख ९७ हजार ८० कित्ता बाँडफाड भएको छ ।

    यस्तै ३० कित्ताका लागि आवेदन दिने २० हजार २४८ आवेदकलाई ६ लाख ७ हजार ४४० कित्ता, ४० कित्ता माग गर्दै आवेदन गर्ने १६ हजार ९३४ आवेदकलाई ६ लाख ७७ हजार ३६० कित्ता, ५० कित्ता माग गर्दै आवेदन दिने १ लाख ७९ हजार ९३८ आवेदकलाई ८९ लाख ९६ हजार ९०० कित्ता र ६० कित्ता वा सोभन्दा बढीको माग गर्दै आवेदन दिने ११ लाख ९४ हजार ४ जनालाई पनि ५० कित्ताको दरले ५ करोड ९७ लाख २० कित्ता सेयर बाँडफाँड भएको छ ।

    बाँडफाँड गरेर बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता सेयर ६० कित्ता वा सोभन्दा बढीको लागि आवेदन दिने ११ लाख ९४ हजार ४ जना आवेदक मध्येबाट ४ गोलाप्रथाले ४ लाख ९२ हजार ७२ जना आवेदकलाई थप १० कित्ताको दरले बाँडफाँड भएको छ । यस आधारमा ४ लाख ९२ हजार ७२ जना भाग्यमानी आवेदकले भने ६० कित्ताको दरले सेयर पाउने देखिन्छ ।

    बैंकले माघ २ गतेदेखि ८ गतेसम्म ८ अर्ब रुपैयाँबराबरको आठ करोड कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमध्ये ०।२ प्रतिशत अर्थात् एक लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फन्डका लागि छुट्ट्याइएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

    कम्पनीको आईपीओमा १५ लाख ५० हजार ३२५ वटा आवेदनबाट १८ अर्ब रुपैयाँभन्दा माथिको आवेदन पनि विभिन्न कारणले आवेदन रद्ध हुँदा १४ लाख ८१ हजार २८४ जना कुल आवेदक संख्या रहेको थियो । जसमध्ये भेरीफाइका क्रममा ६ हजार २७६ आवेदन रद्ध हुँदा १४ लाख ७५ हजार ८ जना आवेदकको आवेदन सदर भएको थियो । उक्त आवेदनबाट १६ करोड ७२ लाख १० हजार कित्ता सेयर माग भएको थियो ।


    शुक्रवार, माघ १६ २०७७११:२२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij