काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका नेता रामनारायण विडारीले बैशाखमा निर्वाचन गर्ने हो भने निर्वाचन आयोगले नेकपाको वैधानिकताको विषयमा छिट्टै निश्कर्ष निकाल्नु पर्ने बताउनु भएको छ ।
“हाम्रो समूहलाई भन्दा अरुलाई निर्वाचन आयोगले आधिकारीकता दिदैँन, दिन पनि मिल्दैँन, बहुमत र विधान हेर्दा हाम्रो पार्टी नै आधिकारीक हो, एउटा मात्रै पार्टीले बैशाखमा निर्वाचन हुदैँन, अरुले सहभागिता जनाउदैँनन् ।” विडारीले नेपाली रेडियो नेटवर्कसँग भन्नुभयो ।
विडारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग केन्द्रीय सदस्य नहुँदा अल्पमतमा परेको बताउनुभयो ।
विधानअनुसार बहुमतको निणर्य स्वीकार गर्ने, महासचिवले बैठक बोलाएन भन्दैमा पार्टी खारेज नहुने, विधान संसोधन गर्ने वहुमत चाहिने भन्दै आफूहरु नै वैधानिक भएको उहाँको दावी छ ।
प्रधानमन्त्री पदबाट निकाल्ने हो भने ओलीको कुनै अस्तित्व नहुने दाहाल–नेपाल समूहका नेता विडारीले दावी गर्नुभएको छ ।