काठमाडौं । प्रतिनिधि सभा विघटनका विरुद्धमा नेपाली काँग्रेसले आज काठमाडौमा विरोध सभाको आयोजना गरेको छ ।
नेपाली कांग्रेस क्षेत्र नं. ६ काठमाडौले सहिद दिवस समेत पारेर आज लोकतन्त्रको पक्षमा कार्यक्रमको आयोजना गरेको हो । शहीदहरुको बलिदानीले ल्याएको लोकतन्त्र मास्ने षड्यन्त्र भएकाले सहिदहरुको स्मरण गर्दै लोकतन्त्र जोगाउने अभियानमा सहभागी हुन काँग्रेस नेताहरुले सवैलाई आह्वान गरेका छन् ।
प्रतिनिधि सभाको विघटन गरेर प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र र संविधान मास्न लागेको काँग्रेस नेताहरुको ठहर छ । लोकतन्त्र र संविधान जोगाउने अभियानका लागि आयोजित कार्यक्रममा लोकतन्त्र र संविधान ल्याउन अग्रणी भूमिका खेलेका नेताहरु कृष्णप्रसाद सिटौला, गगनकुमार थापालगायतले सम्वोधन गर्ने आयोजकले जनाएका छन् ।
कार्यक्रम दिउँसो १ बजे शान्तिवाटिकामा हुने काँग्रेस नेता तिर्थराम डंगोलले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो । कार्यक्रमको प्रचार प्रसारका लागि यसअधि काँग्रेसले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको थियो ।