Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीसहित पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

प्रधानमन्त्रीसहित पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

  • बिहिवार, माघ १५ २०७७

  • 1.3K
    SHARES

  • प्रधानमन्त्रीसहित पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्रीसहित चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई आफैँ उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । सर्वोच्चले अवहेलना मुद्दामा प्रधानमन्त्री केपी ओलीसहित पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानालाई आफैँ उपस्थित भएर लिखित जवाफ दिन भनेको हो ।

    सर्वोच्चका प्रवक्ता सहायक प्रवक्ता देवेन्द्र ढकालले दिएको जानकारीअनुसार उनीहरुलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफैँ आएर लिखित जवाफ दिन अदालतले आदेश दिएको छ ।

    अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए ।

    चार पूर्वप्रधानन्यायाधीशले गत २४ पुसमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन निर्णयलाई असंवैधानिक भनेका थिए ।

    oli-1-912x1024.jpg

     

     

    min.jpg


    बिहिवार, माघ १५ २०७७०७:४४:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij