काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको श्री ३ बन्ने चाहनाविरुद्ध आन्दोलित हुन परेको बताउनुभएको छ ।
आज बुटवलमा आयोजित विरोध सभामा बोल्दै आफैंले प्रस्ताव गरेको पार्टी अध्यक्ष र प्रधानमन्त्री निरंकुशताको एजेन्ट बनेको दाहालले आरोप लगाउनुभयो ।
‘पार्टी एकता बचोस्, आर्थिक समृद्धि होस् भनेर आधा आधा समय प्रधानमन्त्री हुने सहमति छाडेको हुँ,’ उहाँले भन्नुभयो, ‘तर तीन वर्ष नपुग्दै ओलीमा निरंकुश भावना पलायो ।’
जनताको सपनामाथि कुठाराघात र लोकतन्त्रको हत्या गरेर श्री ३ बन्ने चाहना ओलीमा पलाएको उहाँले बताउनुभयो । ‘विगतमा पनि राजालाई जनताले नै पठाएका हु्न्,’ प्रचण्डले भन्नुभयो, ‘अब केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुने छ, नेपाली जनता विजयी हुने्छन् ।’
अहिले संविधान विघटनको मुद्दा अदालतमा चलिरहेको बताउँदै सबैभन्दा ठूलो जनअदालत भएकाले यस्तो निरंकुश कदम पराजित गर्न भूमिका खेल्न आह्वान गर्नुभयो ।