Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

राम्रा कुरा सुन्नै नसक्ने ओलीमा गतिलो संस्कार छैनः माधव नेपाल

राम्रा कुरा सुन्नै नसक्ने ओलीमा गतिलो संस्कार छैनः माधव नेपाल

  • बिहिवार, माघ १५ २०७७

  • 755
    SHARES

  • राम्रा कुरा सुन्नै नसक्ने ओलीमा गतिलो संस्कार छैनः माधव नेपाल

    काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीमा राम्रो संस्कार देखाउन सक्ने चरित्र नभएको बताउनुभएको छ । आज बुटवलमा आयोजित विरोध सभामा बोल्दै अध्यक्ष नेपालले राम्रा कुरा सुन्नै नसक्ने ओलीमा गतिलो संस्कार नभएको टिप्पणी गर्नुभएको हो ।

    ‘केपी ओलीले अगतिला कुरा मात्र बोल्न जान्नु भएको छ,’ नेपालले भन्नुभयो, ‘जहिल्यै अगाडि बढ्ने कुराको विरोध गर्नु भएको छ ।’ नेपालले ओलीलाई समयको गति बुझ्न नसक्ने व्यक्ति भएको आरोप समेत लगाउनुभयो ।

    उहाँले समयको पछिपछि लतारिने व्यक्तिलाई नेतृत्वमा ल्याएकै कारण आजसम्म दुःख पाएको बताउनुभयो । तत्कालिन एमालेको नवौं महाधिवेशनमा ओलीले जालझेल गरेर १५–२० भोटले अध्यक्षमा जितेको समेत नेपालले बताउनुभयो ।


    बिहिवार, माघ १५ २०७७०७:३६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij