Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

माघ २८ गते ओलीविरुद्धको प्रर्दशन अहिलेसम्मकै ठूलो बनाउने प्रचण्ड-माधव समूहको निर्णय

माघ २८ गते ओलीविरुद्धको प्रर्दशन अहिलेसम्मकै ठूलो बनाउने प्रचण्ड-माधव समूहको निर्णय

  • बिहिवार, माघ १५ २०७७

  • 1.6K
    SHARES

  • माघ २८ गते ओलीविरुद्धको प्रर्दशन अहिलेसम्मकै ठूलो बनाउने प्रचण्ड-माधव समूहको निर्णय

    काठमाडौं । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले माघ २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको प्रर्दशनलाई अहिलेसम्मकै ठूलो बनाउने निर्णय गरेको छ ।

    आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको नेकपा केन्द्रीय संघर्ष समितिले आन्दोलनलाई अझ शसक्त बनाउने निर्णय गरेको नेता विष्णु रिजालले जानकारी दिनुभयो ।

    ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको दाहाल नेपाल पक्षले चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।
    उनीहरुले संसद पुनःस्थापनाको विकल्प नभएको बताउँदै देशव्यापी विरोध प्रर्दशन र आमसभा आयोजना गर्दै आएका छन् ।

    बैठकलाई सम्बोधन गर्दै नेपाल दाहालले संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन विकल्प नरहेको उल्लेख गर्नुभयो ।

    उनीहरुले बढीभन्दा बढी जनता सडकमा ल्याउन पार्टीका तल्ला तहलाई निर्देशन दिइको रिजालले जानकारी दिनुभयो । यसअघि माघ ९ गते नेपाल दाहाल पक्षले काठमडौँमा सरकारको गैर संवैधानिक कमदका विरुद्ध प्रर्दशन गरेको थियो ।उक्त कमदविरुद्ध नेपाली कांग्रेसले पनि चरणबद्ध आन्दोलन गर्दै आएको छ।

    संघीय निर्वाचन क्षेत्र, जिल्ला, स्थानीय तह र वडा तहसम्म कांग्रेसले विरोधका कार्यक्रम गर्दै आएको छ । सरकारको कमदविरुद्ध दुवै पक्ष एक जुट भए पनि संयुक्त आन्दोलन भने गर्न सकेका छैनन् ।


    बिहिवार, माघ १५ २०७७०३:५१:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij