Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नागरिकको बोल्ने अधिकार कुण्ठित भयो : बरिष्ठ अधिवक्ता केसी

नागरिकको बोल्ने अधिकार कुण्ठित भयो : बरिष्ठ अधिवक्ता केसी

  • बिहिवार, माघ १५ २०७७

  • 1.6K
    SHARES

  • नागरिकको बोल्ने अधिकार कुण्ठित भयो : बरिष्ठ अधिवक्ता केसी

    काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष तथा बरिष्ठ अधिवक्ता शेरबहादुर केसीले सरकारले नागरिकको बोल्ने अधिकार कुण्ठित बनाएको आरोप लगाउनु भएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा बरिष्ठ अधिवक्ता केसीले भन्नुभयो “शान्तीपूर्ण विरोध गरेका नागरिक अगुवामाथी सरकारले आक्रमण गर्नु, पूर्व प्रधानन्यायाधिसलाई बोल्न नदिनु सरासर गलत हो, लोकतन्त्रमा पनि नागरिकले बोल्न नपाउने भन्ने हुन्छ ?”

    बरिष्ठ अधिवक्ता केसीले अहिले रिट निवेदकको तर्फबाट सुनुवाई भइरहेको बताउदै सर्वाेच्च अदालत संसद पुनस्र्थापना तिर जाने दावी समेत गर्नुभयो । प्रधानमन्त्रीले आफ्नो इच्छाअनुसार काम गर्न नहुने केसीको भनाई छ ।

    स्थिर सरकार बन्न नसक्दा मात्रै विघटन गर्न पाइने संवैधानिक व्यवस्था रहेको बताउदै प्रधानमन्त्रीले निर्वाचन गर्नको लागी संसद विघटन नगरेको दावी गर्नुभयो । मुलुकमा शान्ति र समृद्धिको लागी प्रधानमन्त्रीको कदम खारेज गर्न जरुरी रहेको बरिष्ठ अधिवक्ता शेरबहादुर केसीले बताउनु भयो ।


    बिहिवार, माघ १५ २०७७०९:१४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij