Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

तीन महिनाभित्र सबै नागरिकलाई निःशुल्क खोप : प्रधानमन्त्री ओली

तीन महिनाभित्र सबै नागरिकलाई निःशुल्क खोप : प्रधानमन्त्री ओली

  • बुधवार, माघ १४ २०७७

  • 604
    SHARES

  • तीन महिनाभित्र सबै नागरिकलाई निःशुल्क खोप : प्रधानमन्त्री ओली

    काठमाडौं । नेपालमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरूद्धको खोप सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने बताउनुभएको छ ।

    उहाँले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने बताउनुभयो । प्रधानमन्त्री अ‍ोलीले भन्नुभयो, ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौँ । यो खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराइनेछ ।’

    नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि सुरु भएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले कोरोनाविरुद्धको पहिलो खोप लगाएर अभियान सुरु भएको हो ।

    त्यसपछि डा. अनुप बास्तोला, रेडियोलोजिस्ट कन्सल्टेन्ट ८० वर्षका नेत्र बहादुर अमात्य, रुना झासहितले खोप लगाएका छन् । टेकु अस्पतालसँगै देशभर आजदेखि अभियान सुरु भएको हो । भारतले अनुदानमा दिएको १० लाख डोज खोप लगाउन थालिएको हो ।


    बुधवार, माघ १४ २०७७०३:२८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij