Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गौतमले आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै

गौतमले आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै

  • बुधवार, माघ १४ २०७७

  • 1.1K
    SHARES

  • गौतमले आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै हुनुहुन्छ ।

    पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा रहेकोले आफूले राष्ट्रिय एकता अभियानको घोषणा गर्न लागेको उपाध्यक्ष गौतमले बताउनुभएको छ ।

    पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत एकतावद्ध गर्ने उद्देश्य राखिएको उपाध्यक्ष गौतमको सचिवालयले जनाएको छ । ललितपुरको एक होटलमा बिहान ११ बजेपछि कार्यक्रम गरेर गौतमले अभियान घोषणा गर्न लाग्नुभएको हो ।

    प्रतिनिधिसभा विघटनको घोषणाअघि प्रधामन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्दै आउनुभएका गौतम प्रतिनिधिसभा विघटनपछि भने कुनै पनि समूहमा रहनुभएको छैन । आफू प्रचण्ड–नेपाल समूह या ओली समूहमा नजाने भन्दै उहाँले पार्टी एकता अभियान सुरु गर्न लाग्नुभएको हो ।

    प्रतिनिधिसभा विघटनको कदम गलत रहेको तर आफू नेकपाका दुबै समूहलाई मिलाएर अघि बढ्न सक्रिय हुने र कुनै पनि समूहमा नलाग्ने उहाँको भनाई छ ।


    बुधवार, माघ १४ २०७७०८:४८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij