Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अर्थतन्त्र पुनरुत्थान गर्न मुद्रा कोष गुहार्दै सरकार

अर्थतन्त्र पुनरुत्थान गर्न मुद्रा कोष गुहार्दै सरकार

  • बुधवार, माघ १४ २०७७

  • 878
    SHARES

  • अर्थतन्त्र पुनरुत्थान गर्न मुद्रा कोष गुहार्दै सरकार

    काठमाडौं । सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफसँग सहायता लिने भएको छ। कोषसँग विस्तारित कर्जा सहायता–एक्सटेन्डेट क्रेडिट फ्यासिलिटीअन्तर्गत वित्तीय एवं प्राविधिक सहयोग लिन लागिएको हो।

    ‘हामीले सरकारका सबैजसो सरोकारवाला निकाय र आईएमएफका प्रतिनिधिबीच धेरै चरणमा वार्ता गरिसकेका छौं’, अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले भन्नुभयो । नेपालका अनुसार अबको एक महिनाभित्र त्यस्तो सहायताको सबै पूर्वतयारी सक्ने योजनामा काम भइरहेको छ।

    विश्व बैंक समूहअन्तर्गतको यो संस्थाले अन्तरसरकारी भुक्तानीलाई व्यवस्थित गर्ने र मुलुकहरूको वित्तीय सुरक्षा मजबुत बनाउन सहयोग गर्दै आएको छ। आईएमएफले भुक्तानी सन्तुलनमा गम्भीर समस्या आएका बेला गरिब मुलुकलाई ऋण सहायता उपलब्ध गराउने गरेको छ।

    अहिले नेपालको भुक्तानी सन्तुलन ठीकठाक भए पनि कोरोना महामारीबाट उत्पन्न आर्थिक संकटसँग जुध्न पुँजी, प्रविधि र सीपको खाँचो परेको भन्दै सरकारले सहायता लिने प्रक्रिया थालेको हो।

    यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।


    बुधवार, माघ १४ २०७७०६:४७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij