Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

सरकारले नागरिकमाथि गर्ने व्यवहारले सरकार निर्लज्ज रूपमा प्रस्तुत भयोः रामचन्द्र पौडेल

सरकारले नागरिकमाथि गर्ने व्यवहारले सरकार निर्लज्ज रूपमा प्रस्तुत भयोः रामचन्द्र पौडेल

  • मंगलवार, माघ १३ २०७७

  • 759
    SHARES

  • सरकारले नागरिकमाथि गर्ने व्यवहारले सरकार निर्लज्ज रूपमा प्रस्तुत भयोः रामचन्द्र पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ती र सरकारले नागरिकमाथि गर्ने व्यवहारले सरकार र्निलज्ज रूपमा प्रस्तुत भएको टिप्पणी गर्नुभएको छ ।

    सामाजिक संजालमा टिप्पणी गर्दै वरिष्ठ नेता पौडेलले हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्ने तम्सिए झै नै तम्सिने बताउनुभएको छ ।

    सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि पनि आफ्नो अन्तिम घडिमा सोमबार प्रवुद्ध नागरिकमाथि प्रहार गरे झैँ दमनमा उत्रने गरेको इतिहाँस रहेको उल्लेख गर्नुभएको छ ।

    पौडेलले प्रतिगामी र तानाशाहले गर्ने दमनले नागरिकलाई प्रतिमनसंग डटेर लड्नका लागि थप उर्जा प्रदान गर्ने बताउनुभएको छ ।
    उहाँले प्रतिगमन विरुद्धका सबै आन्दोलनमा आफ्नो साथ र सर्मथन रहने पनि उल्लेख गर्नुभएको छ ।


    मंगलवार, माघ १३ २०७७०३:५४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij