काठमाडौं । प्रतिनिधि सभा विघटनसम्वन्धी मुद्दाको आज पनि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।
अघिल्लो साताको आइतबारदेखि चलिरहेको सुनुवाइ हेर्दाहेर्दै रहेको छ । प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा रहेको मुद्दामा निवेदकहरुले बहस गरिरहेका छन् । बहसको ११ औँ दिन पनि रिट निवेदककै पक्षका कानुन व्यवसायीको बहस चलिरहेको छ ।
विघटनविरुद्ध पक्ष र विपक्षमा गरी करिब ३ सय वकिलले नाम टिपाएका छन् । तर यी सबैले बहस भने गर्ने छैनन् । सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरुद्धका १३ थान निवेदन रहेका छन् । ती निवेदनमा पक्षका कानुन व्यवासायीले संविधानले नदिएको अधिकार प्रयोग गरि विघटन गरेको दावी पेश गरिरहेका छन् ।