Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगको निर्णयसँगै छलफलमा दाहाल-नेपाल पक्ष

निर्वाचन आयोगको निर्णयसँगै छलफलमा दाहाल-नेपाल पक्ष

  • मंगलवार, माघ १३ २०७७

  • 839
    SHARES

  • निर्वाचन आयोगको निर्णयसँगै छलफलमा दाहाल-नेपाल पक्ष

    काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुवै समूहका निर्णयहरुलाई आधिकारिकता नदिने निर्णय गरेसँगै दाहाल-नेपाल समूह छलफलमा जुटेको छ ।

    निर्वाचन आयोगको यो निर्णयसँगै अब कसरी अघि बढ्ने भन्नेबारे आज छलफल गर्न लागिएको र छलफलपछि मात्रै आफूहरुको कदमको टुङ्गो लाग्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

    कुनै पनि निर्णय गर्दा दुवै अध्यक्षको सहमति र हस्ताक्षर हुनुपर्ने नेकपाको विधानमा उल्लेख छ । यसैबीच, नेकपाका दाहाल-नेपाल पक्षले आजदेखि २८ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्ने गरी थप कार्यक्रम सार्वजनिक गरेको छ ।

    सार्वजनिक कार्यक्रमअनुसार आज सिट्ठी जुलुस निकाल्ने, भोलिदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिने, १६ गते शान्तिबाटिकामा भेला भएर लैनचौरसम्म प्रदर्शन गर्नेलगायत कार्यक्रम रहेका छन् ।


    मंगलवार, माघ १३ २०७७११:०६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij