Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

समस्या समाधान नभई निर्वाचन हुदैँन : पूर्वनिर्वाचन आयुक्त यादव

समस्या समाधान नभई निर्वाचन हुदैँन : पूर्वनिर्वाचन आयुक्त यादव

  • मंगलवार, माघ १३ २०७७

  • 1.1K
    SHARES

  • समस्या समाधान नभई निर्वाचन हुदैँन : पूर्वनिर्वाचन आयुक्त यादव

    काठमाडौं । पूर्वनिर्वाचन आयुक्त अयोधी प्रसाद यादवले नेकपाका दुवै पार्टीमा आधिकारिकताको विवाद भएकाले समस्या समाधान नभई निर्वाचन अगाडी नबढ्ने बताउनु भएको छ ।

    यादवले निर्वाचन आयोगको निणर्य प्रक्रिया लम्विन सक्ने आशंका पनि व्यक्त गर्नुभयो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा यादवले भन्नुभयो “नेकपाको दुवै पक्षले पेस गरेका प्रमाणका आधारमा छलफल मार्फत निर्वाचन आयोगले प्रचली मान्यता अनुसार निर्णय गर्नु पर्दछ, अव दुबै पार्टी एकै ठाउँमा बस्न सके राम्रो हुन्छ, नत्र भने कानुन अनुसार निर्वाचन आयोग गएर छुट्टीन सक्छन ।”

    उहाँले केन्द्रिय कार्य समितिको सदस्य थपघट गर्न नमिल्ने बताउदै विवादको समाधान ४४१ जना केन्द्रिय सदस्यमा मात्रै आधारित रहेको बताउनु भयो ।

    नेकपाको विवाद टुङगो लगााउने काम निर्वाचन आयोगको मात्रै नभई पार्टीको पनि महत्वपूर्ण भुमिका हुने यादवको तर्क छ । सर्वाेच्चको निर्णय अहिले नआएकोले निर्वाचन तोकिएको समयमा हुन्छ भन्न नसकिने उहाँले बताउनु भयो ।

    निर्वाचन आयोग आन्तरिक तयारीमा जुटेकोले ६० दिनमा पनि निर्वाच हुन सक्ने बताउदैे दुबै समूहलाई विधि अनुसार निर्वाचनको लागी तयारी गर्न पूर्वनिर्वाचन आयुक्त यादवले आह्वान समेत गर्नु भयो ।


    मंगलवार, माघ १३ २०७७१०:०८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij