Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आजदेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु हुने

आजदेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु हुने

  • मंगलवार, माघ १३ २०७७

  • 1.4K
    SHARES

  • आजदेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु हुने

    काठमाडौं । ६९ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत गर्न आज देखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु गर्ने भएको छ ।

    डेढ वर्षअघिदेखि विभागले निर्माण गरिरहेको उक्त प्रणाली पहिलो पटक कार्यान्वयनमा आउन लागेको हो । यो प्रणालीमा पहिलो चरणमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन केन्द्र आबद्ध हुने विभागले जनाएको छ ।

    कागजरहितभन्सार बनाउने उद्देश्य राखिको यो प्रणालीमा सरकारी र निजी क्षेत्रका ४० वटा निकाय आबद्ध हुने भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताउनु भयो ।

    दाहालले भन्नुभयो“विश्व बैङकको सहायतामा निमार्ण भएको यो प्रणालीले ब्यापार खर्च घटाउछ, कागजात बोकेर सबै निकायमा पुग्नु पर्ने बाध्यतालाई हटाएर डिजिटल सेवा दिने भएकाले यो एकदमै सहज छ, त्यहि भएर हामीले राष्ट्रिय एकद्वार प्रणाली लागु गरेका हौँ ।”

    अब अनलाइनबाटैे व्यापारीले आफूसँग सम्बन्धित कागजात वेब पोर्टलमार्फतपेस गर्न सक्ने विभागले जनाएको छ । अनलाइनबाटैपेस गरिएको कागजात र त्यससँग सम्बन्धित विवरण यो प्रणालीमा आबद्ध निकायले समेत प्राप्त गर्न सक्ने छन् ।

    फरक फरक निकायलाई कागजात बुझाउनु पर्ने बाध्यताबाट व्यापारी मुक्त हुने विभागको भनाई छ । अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित तथ्याङ्क तथा प्रतिवेदन प्रणालीलाई थप स्तरीय बनाउन र विद्युतीय भुक्तानी प्रणाली विकासमा पनि यो प्रणाली सहयोगी हुने भन्सार विभागको आँकलन छ ।


    मंगलवार, माघ १३ २०७७०८:०८:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij