Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

नागरिक मार्चमा प्रहरी हस्तक्षेप, तेस्रो जनआन्दोलन सुरु भएको घोषणा

नागरिक मार्चमा प्रहरी हस्तक्षेप, तेस्रो जनआन्दोलन सुरु भएको घोषणा

  • सोमवार, माघ १२ २०७७

  • 1.0K
    SHARES

  • नागरिक मार्चमा प्रहरी हस्तक्षेप, तेस्रो जनआन्दोलन सुरु भएको घोषणा

    काठमाडौँ – प्रतिनिधिसभा विघटनको विरोधमा निकालिएको नागरिक मार्चमा प्रहरीले दमन गरेको छ।

    बृहत नागरिक आन्दोलनको आहृवानमा कमलपोखरी बचाउ अभियानका अभियान्ताहरुबाट माटोको टीका लगाएपछि मार्च सुरु भएको थियो । तर बालुवाटार नपुग्दै प्रहरीले रोक्यो ।

    प्रहरी घेरा तोडेर अगाडि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको पोहोरा हानेको छ ।

    बृहत नागरिक आन्दोलनका नारायण बाग्लेले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको बताए । उनले भने, शान्तिपूर्ण रुपमा धर्ना दिन गइरहेको थियौं । हामीमाथि जुन बर्बर दमन भयो, अब तेस्रो जनआन्दोलन सुरु भयो ।’

    कार्यक्रममा कवि, लेखक, कलाकार, संगीतकर्मी, बौद्धिक, पेशाकर्मी एवं नागरिक अभियन्ताको सहभागिता थियो।

    संसद विघटनलगायत सबै प्रकारका प्रतिगमनको विरूद्ध अभियन्ताले सशक्त प्रतिकार गर्दै मुलुकलाई स्वस्थ्य र न्यायपूर्ण बाटोमा फर्काउन सबै सचेत नागरिकको कर्तव्य रहेको बताएका छन्।


    सोमवार, माघ १२ २०७७०४:५४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij