काठमाडौँ – वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले आफूलाई तमासे भनिएको भन्दै संवैधानिक इजलासमै प्रश्न उठाएका छन्।
संसद विघटनको मुद्दामा सोमबारको सुनुवाइ सकिन लागेका बेला भण्डारीले न्यायाधीशहरुलाई सोधे, ‘के म तमासे हो, श्रीमान्?’
जवाफमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अहिले यो विषयमा प्रवेश नगरौं भन्दै रोकेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गएको शुक्रबार आयोजित एक कार्यक्रममा भण्डारीलाई लक्षित गर्दै अदालतमा एक जना बाजे वकिललाई तमासा देखाउन लगिएको आरोप लगाएका थिए।