Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड–माधव समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

प्रचण्ड–माधव समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

१३ देखि २८ गतेसम्म गरिने कार्यक्रम यस्ता छन्
  • सोमवार, माघ १२ २०७७

  • 1.1K
    SHARES

  • प्रचण्ड–माधव समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल समूहले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सोमबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्ड नेपाल समूहले माघ १३ देखि २८ गतेसम्म विरोध गर्ने गरी कार्यक्रम सार्वजनिक गरेको हो ।

    घोषित कार्यक्रमअनुसार यहि १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्जली दिने, २२ गते काठमाडौंमा युवा र्‍याली, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायत छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै नेकपा विभाजित बनेको छ । ओली समूह तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले एकअर्काेको चर्काे आलोचना गर्दै आएका छन् ।


    सोमवार, माघ १२ २०७७१२:२७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij