Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मालीमा विद्रोहीको आक्रमणमा ६ सैनिकको मृत्यु, ३० विद्रोही मारिएको सेनाको दावी

मालीमा विद्रोहीको आक्रमणमा ६ सैनिकको मृत्यु, ३० विद्रोही मारिएको सेनाको दावी

  • सोमवार, माघ १२ २०७७

  • 1.6K
    SHARES

  • मालीमा विद्रोहीको आक्रमणमा ६ सैनिकको मृत्यु, ३० विद्रोही मारिएको सेनाको दावी

    काठमाडौं । पश्चिमी अफ्रिकी मुलुक मालीमा विद्रोहीको आक्रमणमा ६ जना सैनिक मारिएका छन् । बुर्किना फासोको सीमा नजिकै भएको हमलामा अन्य केही घाइते भएको समाचारमा जनाइएको छ ।

    तर सरकारी सेनाले भने विद्रोहीहरुतर्फ ३० जनाको मृत्यु भएको दावी गरेको छ । विद्रोहीविरुद्धको कारवाहीमा उनीहरुको साथबाट ठूलो मात्रामा बन्दोबस्तीका सामग्रीसमेत नियन्त्रणमा लिएको सेनाको दावी छ ।

    सन् २०१२ देखि मालीमा राजनीतिक अस्थिरता सुरु भएसँगै विद्रोहीहरुले हिंसात्मक गतिविधि गर्न थालेका छन् । विभिन्न जातीय समूहहरुले सशस्त्र गतिविधि सञ्चालन गर्न थालेसँगै मालिका विभिन्न क्षेत्र विद्रोहीको नियन्त्रणमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

    सन् २०१९ सेप्टेम्बरमा पनि सोही विद्रोही समूहको आक्रमणमा परेर ५० जना सरकारी सेनाको मृत्यु भएको थियो । इस्लाम र मुसलमान समुदायको बसोबास रहेको सो क्षेत्रमा जातीय हिंसाका कारण मुलुकले विभिन्न समस्या भोग्दै आएको छ । एजेन्सी


    सोमवार, माघ १२ २०७७०९:२२:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij