काठमाडौं । नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष हरिहर दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण बारको नै धज्जी उडाएको आरोप लगाउनु भएको छ ।
प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भन्ने टिप्पणी गरेको कुराले प्रधानमन्त्री माथि अवहेलनाको मुद्दा पेस भएको छ ।
अदालतको बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजे टिप्पणी गर्नु निन्दायुक्त भएको भन्दै मुद्दा परेको हो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा दाहालले भन्नुभयो“बार र बेन्चको दुवै समान भूमिका हुन्छ, न्यायाधिसको काम कर्तव्य माथि प्रधानमन्त्रीले प्रश्न उठाउनु जायज होईन,न्यायाधिसलाई काम कर्तव्य सम्झाउनु हाम्रो कर्तव्य हो, हामीले आफ्नो काम गर्नु तमासा देखाउनु होईन, प्रधानमन्त्रीले यो कुरालाई हासोमा उडाउनु सम्पूर्ण कानुनकै धज्जी उडाउनु सरह हो ।”
यस्तै उहाँले नेपालमा राजनितिक शक्तिको भूमिका कम्जोर भएको बेला समस्याको समाधान गर्नु बेमौसमी बाजा बजाउनु नभएको जिकिर गर्नु भयो । प्रतिनिधि सभा विघटन संविधान सम्मत नभएकोले सर्वोच्चमाथि आफूहरु आशावादी भएको दाहालले बताउनु भयो ।