काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदबाट जनयुद्धकालीन लडाकुलाई लोकतन्त्र योद्धाका रूपमा सम्मान गर्ने निर्णय गर्नुभएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्ध र जनआन्दोलनमा सहभागिता जनाउने क्रममा प्रभावित भएका सबैलाई सम्मान र परिचयपत्र वितरण गर्ने निर्णय गरेको हो।
मुलुकमा अग्रगामी परिवर्तनका लागि भएका सबै आन्दोलनमा सहभागी भएकाहरूलाई सम्मान गर्न भन्दै मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा ३ सदस्यीय प्रतिवेदन लेखन समिति बनाएको छ।