Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

अपांगता भएका व्यक्तिहरुको साथमा सरकार छ– प्रधानमन्त्री ओली

अपांगता भएका व्यक्तिहरुको साथमा सरकार छ– प्रधानमन्त्री ओली

  • आइतवार, माघ ११ २०७७

  • 770
    SHARES

  • अपांगता भएका व्यक्तिहरुको साथमा सरकार छ– प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपांगता भएका व्यक्तिहरुको साथमा सरकार रहेको बताउनुभएको छ । आज काठमाडौँमा आयोजित अपांगता भएका व्यक्तिहरुसँगको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले अपांगता भएका व्यक्तिको जीवनका समस्याका विषयमा सरकारले सोच्ने बताउनुभयो ।

    उहाँले यस सम्बन्धमा आवश्यक काम अगाडि बढाउने बताउनुभयो । ‘जो व्यक्ति आफै सक्षम छैन, सबैभन्दा पहिला सरकार उसलाई चाहिन्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यसकारण सरकार तपाईंहरुको साथमा छ, जसलाई सबैभन्दा बढी सहयोगको आवश्यकता हुन्छ।’

    उहाँले देशमा सबैले सुरक्षित र सम्मानित ढंगले बाँच्न पाउनुपर्ने बताउनुभयो । ओलीले देशको रक्षादेखि सुशासन कायम गर्नु र जनताको समस्याको पहिचान गरी समधान दिनुसम्म सरकारको काम भएको बताउनुभयो ।


    आइतवार, माघ ११ २०७७०३:२४:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij