Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

यूरोपका विभिन्न देशमा कोरोनाविरुद्धको खोप अभियान स्थगित

यूरोपका विभिन्न देशमा कोरोनाविरुद्धको खोप अभियान स्थगित

प्रतिवद्धताअनुसार आपूर्ति नभएपछि कार्यक्रम प्रभावित
  • आइतवार, माघ ११ २०७७

  • 1.1K
    SHARES

  • यूरोपका विभिन्न देशमा कोरोनाविरुद्धको खोप अभियान स्थगित

    काठमाडौं । यूरोपका विभिन्न देशमा कोरोनाको खोपको अभावमा खोप अभियान स्थगित गरिएको छ ।

    बेलायतको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने जनाएको छ । युरोपका विभिन्न ठाउँमा फाइजर र बायोएनटेकले प्रतिवद्धता गरेअनुसार आपूर्ति नगरेपछि खोप कार्यक्रम प्रभावित भएको हो ।

    अक्सफोर्डसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनिकाको खोपलाई अहिलेसम्म ईयूको नियामक निकायले स्वीकृत गरिसकेको छैन । संक्रमितको संख्या उकालो लागिरहेका बेला अस्थायी रूपमा खोपको आपूर्ति घटाउँदा खोप अभियान प्रभावित भएको छ । यसै कारण जर्मनीको सबैभन्दा धेरै जनसंख्या भएको राज्य र इटलीका कयौँ क्षेत्रमा खोपको पहिलो मात्रा दिने काम नै रोकिएको छ । मड्रिडमा स्वास्थ्यकर्मीलाई खोप दिनसमेत बन्द गरिएको छ ।

    गएको हप्ता फाइजरले आउँदा केही हप्ताका लागि खोपको आपूर्ति ढिलो हुने जनाएको थियो । ईयूले फाइजरबाट मात्र ६० करोड मात्रा खोप मगाएको थियो । उसले अर्को अमेरिकी कम्पनी मोडेर्नाको खोपलाई समेत स्वीकृति दिएको छ ।

    इटली र पोल्यान्डले उत्पादन घटाएकोमा दुःख व्यक्त गर्दै यसको कानुनी उपचार खोज्ने बताएका छन् । युरोपेली युनियन ९ईयू०ले पनि स्वीकृत भइसकेका कोरोना भाइरसको खोपको आपूर्तिमा भइरहेको ढिलाइका विषयमा फाइजरसँग स्पष्टीकरण सोध्ने बताएको छ ।


    आइतवार, माघ ११ २०७७०७:२२:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij