Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक भोलि बस्ने, ओलीलाई पार्टीबाटै निष्कासन गर्ने तयारी

प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक भोलि बस्ने, ओलीलाई पार्टीबाटै निष्कासन गर्ने तयारी

  • शनिवार, माघ १० २०७७

  • 895
    SHARES

  • प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक भोलि बस्ने, ओलीलाई पार्टीबाटै निष्कासन गर्ने तयारी

    काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध हिजो काठमाडौंमा शक्ति प्रदर्शन गरेको यो समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो ।

    प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलि साढे १२ बजे बस्ने जानकारी दिनुभयो । यस्तै भोलीको बैठकमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई पार्टीबाटै निष्कासन गर्ने तयारी गरेको छ ।

    प्रचण्ड–माधव पक्षले यसअघि ओलीलाई अध्यक्ष पदबाट हटाउँदै उनको स्थानमा वरिष्ठ नेता माधव कुमार नेपालाई अध्यक्ष चयन गरिसकेको छ ।
    यसअघि पार्टीको अनुशासन र विधि विधान विपरित काम गरेको भन्दै स्पस्टीकरण साधिएकोेमा उनले उक्त स्पस्टीकरणको जवाफ नदिएपछि पार्टीबाटै निष्कासन गर्न लागेको हो ।


    शनिवार, माघ १० २०७७०८:१७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij