Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओलीको कदमविरुद्ध नागरिक समाज सडकमा

प्रधानमन्त्री ओलीको कदमविरुद्ध नागरिक समाज सडकमा

  • शनिवार, माघ १० २०७७

  • 995
    SHARES

  • प्रधानमन्त्री ओलीको कदमविरुद्ध नागरिक समाज सडकमा

    काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नागरिक समाजले विरोध प्रदर्शन गरेको छ । आज माइतीघर मण्डलामा जम्मा भएका नागरिक समाजका प्रतिनिधिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै विरोध गरेका हुन् ।

    विरोधमा उत्रिएका नागरिक समाजका प्रतिनिधिले प्रतिनिधसभा संवैधानिक सर्वोच्चता कायम गर, संविधान विरुद्धको षडयन्त्र बन्द गर, प्रतिनिधिसभा मास्न पाइँदैन निरङ्कुश सरकार चाहिँदैन लगायतका नारा लेखिएको पोस्टर प्रदर्शन गरेका थिए ।

    विरोध प्रदर्शनमा बरिष्ठ पत्रकार नारायण वाग्ले, स्वास्थ्य शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी लगायत पत्रकार, कानुनविद्, बुद्धिजिवीहरू सहभागी थिए । उनीहरूले ओली कदमको विरोध गर्दै सर्वोच्च अदालतले संविधान अनुसार नै निर्णय गर्दै प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् ।


    शनिवार, माघ १० २०७७०३:०३:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij