काठमाडौं । नेपाली काँग्रेसका नेता नविन्द्र राज जोशीले अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीमा बहस भईरहेको बताउनु भएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुरा गर्दै नेता जोशीले भन्नुभयो, “केन्द्रिय समितिको बैठक अनुसार नै निरन्तर हामीले आन्दोलनका कार्यक्रम गरिरहेका छौँ, काँग्रेस लोकतान्त्रिक हो त्यसैले जनताका हक र अधिकारका लागी हामी लडिरहने छौँ, प्रधानमन्त्रीले संविधानको मर्म नबुझि संविधानमाथि प्रहार गर्नु भएको छ, काँग्रेसको मुल उद्देश्य नेपाली नगरिकको संरक्षण र संविधानको रक्षा गर्नु हो ।”
उहाँले मुल कुरा लोकतन्त्र कसरी बचाउने भन्ने तर्फ आफूहरु लागेको बताउनु भयो । नेकपाको सरकार गठन भए संगै लोकतन्त्रिक प्रणालीमा प्रहार गरेको नेता जोशीले आरोप लगाउनु भएको छ ।