Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित हुदैँन : मन्त्री फुयाल

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित हुदैँन : मन्त्री फुयाल

  • शनिवार, माघ १० २०७७

  • 927
    SHARES

  • मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित हुदैँन : मन्त्री फुयाल

    काठमाडौं । बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलमाथि अविश्वास प्रस्ताव पेस भए पनि प्रस्ताव पारित नहुने दावी गर्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा मन्त्री फुयालले भन्नुभयो “काँग्रेस मर्यादामा बस्यो भने नेकपाबाट छुट्टिएको एउटा चोइटोलाई मतदान गर्दैन भन्नेमा हामी ढुक्क छौँ, अब बाँकी अवधिको मुख्यमन्त्री पौडेल नै हो, काँग्रेसले निणर्य नगरि हामीले केहि भन्न मिल्दैन ।”

    मन्त्री फुयालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको केन्द्रीय सरकार र प्रदेश सरकारमा बाग्मती प्रदेश सबै भन्दा सफल भएको दावी पनि गर्नुभयो । शुशासनको क्षेत्रमा सबै भन्दा राम्रो काम आफूहरुले गरेको गरेको उहाँको दावी छ ।

    अब ताजा जनादेशमा जानुको बिकल्प नभएको पनि मन्त्री फुयालको तर्क छ ।


    शनिवार, माघ १० २०७७०९:५८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij