काठमाडौं । नेकपा ओली समुहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वास्तविक जनप्रदर्शन गरेर देखाउने दावी गर्नुभएको छ ।
आज (शुक्रबार) काठमाडौंमा पेसागत विशेष जिल्ला ब्युरोका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफूहरूले यहि माघ २३ गते वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनी देखाउने दावी गर्नुभएको हो ।
आज नेकपा प्रचण्ड–माधव नेपाल पक्षले गरेको विरोध सभा तथा प्रदर्शनलाई सामान्य भएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘अहिले भर्खर रत्नपार्कमा होसियार भाषण गरिरहेको सुनेँ, आठ–दश हजार मान्छे अगाडि देख्नुभएछ, भुइँमा खुट्टै थिएन ।’