Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’ मा

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’ मा

  • शुक्रवार, माघ ९ २०७७

  • 770
    SHARES

  • प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’ मा

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाइ (शुक्रबार) आज पनि ‘हेर्दाहेर्दै’ मा टुंगिएको छ ।

    संवैधानिक इजलासमा आज रिट निवेदकका तर्फबाट रिट निवेदकसमेत रहेका अधिवक्ता शालिकराम सापकोटा, वरिष्ठ अधिवक्ता नरहरि आचार्य, अधिवक्ताहरु सुलोचना धिताल, कपिलप्रसाद अधिकारी, राजुप्रसाद चापागाईं, उमेशप्रसाद साह, पूर्णराज घिमिरे, नारायणप्रसाद तिमिल्सिनाले बहस गरेका थिए ।

    रिट निवेदनमाथिको सुनुवाईले आइतबार निरन्तरता पाउने भएको छ । रिट निवेदकका तर्फबाट तीन सयभन्दा कानुन व्यवसायीले बहसका लागि वकालतनामा बुझाएका कारण पछिल्ला दिनमा इजलासले कानुन व्यवसायीलाई बहस छोट्याउन आग्रह गर्दै आएको छ ।


    शुक्रवार, माघ ९ २०७७०६:३५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij