Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

बागमती प्रदेशसभाको बैठक आज बस्दै, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

बागमती प्रदेशसभाको बैठक आज बस्दै, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

  • शुक्रवार, माघ ९ २०७७

  • 714
    SHARES

  • बागमती प्रदेशसभाको बैठक आज बस्दै, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुने

    काठमाडौं । अनिश्चितकाका लागि स्थगित भएको बागमती प्रदेशको प्रदेश सभाको बैठक आज अचानक बोलाइएको छ ।

    राजनीतिक दलहरूको दबाबपछि वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले आज प्रदेशसभाको बैठक बोलाउनु भएको हो ।

    हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रतिनिधिहरूको निरन्तर दबाबपछि सभामुख श्रेष्ठले आज दिउँसो १ बजेका लागि बैठक आह्वान गर्नु भएको छ ।

    अविश्वासको प्रस्ताव सामना गर्न प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तयार भएपनि कानुनविद् र दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भन्दै सभामुख श्रेष्ठले बैठक बोलाउन आनाकानी गर्नु भएको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाकै दाहाल–नेपाल समूहका ४५ जना प्रदेशसभा सदस्यले हस्ताक्षरसहित पुस १० गते प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

    अधिवेशनको पहिलो दिन दलका नेताहरूले बोल्ने क्रम सकिएसँगै सभामुख श्रेष्ठले बैठक अनिश्चितकालका लागि स्थगन गर्नु भएको थियो ।


    शुक्रवार, माघ ९ २०७७०८:५८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij