Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

चन्द्रागिरि हिल्सको आईपीओ आज बाँडफाँड हुने

चन्द्रागिरि हिल्सको आईपीओ आज बाँडफाँड हुने

  • शुक्रवार, माघ ९ २०७७

  • 1.1K
    SHARES

  • चन्द्रागिरि हिल्सको आईपीओ आज बाँडफाँड हुने

    काठमाडौं । चन्द्रागिरि हिल्सको आईपीओ आज बाँडफाँड हुने कार्यसूची रहेको छ । बिक्री प्रवन्धकको जिम्मला लिएको ग्लोबल आईएमई क्यापिटलले आफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहान १० बजे आइपीओ बाँडफाँड गर्ने कार्यक्रम तय भएको छ ।

    चन्द्रागिरी हिल्सको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले शेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँड हुनेछ । कम्पनीको आइपीओमा कुल १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएको बिक्री प्रबन्धकले जनाएको छ । त्यसमध्ये ४५ हजार ६३१ वटा आवेदन रद्ध भएर १२ लाख ११ हजार ११५ वटा मात्रै योग्य आबेदन परेका छन् ।

    यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको १३ लाख ९६ हजार २२ कित्तालाई आधार मान्दा १ लाख ३९ हजार ६०२ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १० लाख ७१ हजार ५१३ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् । कम्पनीले चन्द्रागिरी थानकोटमा केबुलकार सञ्चालन गरिरहेको छ ।


    शुक्रवार, माघ ९ २०७७०७:४९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij