Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

भारतको कर्नाटकमा ट्रक बिस्फोटः कम्तीमा ६ जनाको मृत्यु भएको आशंका

भारतको कर्नाटकमा ट्रक बिस्फोटः कम्तीमा ६ जनाको मृत्यु भएको आशंका

  • शुक्रवार, माघ ९ २०७७

  • 1.2K
    SHARES

  • भारतको कर्नाटकमा  ट्रक बिस्फोटः कम्तीमा ६ जनाको मृत्यु भएको आशंका

    काठमाडौं । भारतको कर्नाटक शिवमोगा जिल्लामा एक खानी नजिकै ट्रकमा बिस्फोट भएको छ जसमा थुप्रैजना मारिएको आशंका छ ।

    एक प्रहरी अधिकारी इमरान कुरैशीले बीबीसीसँगको कुराकानीमा उक्त ट्रकमा भारी मात्रामा जिलेटिनको डन्डी राखिएको जानकारी दिए ।

    उनी भन्छन्, ‘हामी सबै घटनास्थलमा यो पत्ता लगाउन असमर्थ छौं कि कतिजनाको मृत्यु भएको छ किनभने त्यहाँ असाध्यै अँध्यारो छ र बिस्फोटको दुर्गन्धका कारण पनि त्यहाँ पुग्न मुश्किल छ ।’

    उनका अनुसार ट्रकमा भारी मात्रामा जिलेटिनको डण्डीका साथै मजदुर पनि सवार थिए । समाचार एजेन्सी पिटिआईका अनुसार दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

    कर्नाटकको शिवमोगा जिल्लाको डिस्ट्रिक्ट डेप्युटी कमिश्नर केबी शिवकुमारले भने, ‘हामीले पूरा इलाकामा घेराबन्दी गरिदिएका छौं । हामी चाहन्नौं कि त्यहाँ अरु मानिसहरु पनि जाउन् किनभने अँध्यारो भएका कारण हामी दोस्रो दुर्घटना होस् भन्ने चाहन्नौं । त्यहाँ बिस्फोटक छ कि छैन भनेर हामीलाई थाहा पनि छैन । ’

    उक्त बिस्फोट बिहिबार राती स्थानीय समयानुसार करिब साढे १० बजेतिर भएको हो । बिस्फोटको आवाज र त्यसको झट्का छिमेको चिकमंगलुरु जिल्लासम्म महसुस गरियो ।

    सुरुवातमा यो रहस्यमयी आवाजलाई धेरैले भूकम्प ठाने । धेरे मानिसहरु आ–आफ्नो घरबाट बाहिर पनि निस्किए । कतिको घरको झ्यालको सिसा पनि फुटेको छ ।


    शुक्रवार, माघ ९ २०७७०६:४८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij