Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

‘अदालत यतिबेला परीक्षामा छ, यसप्रतिको आस्था र विश्वास रहोस्’

‘अदालत यतिबेला परीक्षामा छ, यसप्रतिको आस्था र विश्वास रहोस्’

  • बिहिवार, माघ ८ २०७७

  • 711
    SHARES

  • ‘अदालत यतिबेला परीक्षामा छ, यसप्रतिको आस्था र विश्वास रहोस्’

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले अदालत र न्यायाधीशहरुलाई धर्म नछाड्न आग्रह गर्नुभएको छ । प्रतिनिधि सभा विघटनको मुद्दापछि सर्वोच्चमा पुगेपछि अदालत परीक्षामा रहेको भन्दै नेता थापाले संविधानमा टेकेर निर्णय गर्न न्यायाधीशहरुसंग आग्रह गर्नुभएको हो ।

    प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले बुटवलमा गरेको सभामा बोल्दै थापाले बन्द कोठाभित्रको खासखुस र बाहिरको कुराले अदालत प्रभावित हुन नहुनेमा जोड दिनुभयो ।

    उहाँले भन्नुभयो– ‘अदालत यतिबेला परीक्षामा छ, यसप्रतिको आस्था र विश्वास रहोस्’ , ‘बन्द कोठाभित्रको खासखुस र बाहिरको हल्लाले अदालत प्रभावित नहोस् ।’

    अमेरिकामा डोनाल्ड ट्रम्पले नियुक्त गरेका न्यायाधीशहरुले उनले भने अनुसार फैसला नगरेर आफ्नो धर्म नछाडेको उदाहरण दिंदै थापाले भन्नुभयो, ‘यहाँ पनि धर्म नछाडियोस्, संविधानमा टेकेर विवेक पु¥याएर न्याय गरियोस् ।’ संविधान लेख्दा नशामा लठ्ठ परेर नलेखेको भन्दै नेता थापाले न्यायाधीशहरु संविधानप्रतिको कर्तव्यबोधले मात्रै प्रभावित हुनुपर्ने आग्रह गर्नुभयो ।

     


    बिहिवार, माघ ८ २०७७०७:५३:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij