Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड-नेपाल समुहले भोलि काठमाडौँमा शक्ति प्रदर्शन गर्ने

प्रचण्ड-नेपाल समुहले भोलि काठमाडौँमा शक्ति प्रदर्शन गर्ने

  • बिहिवार, माघ ८ २०७७

  • 984
    SHARES

  • प्रचण्ड-नेपाल समुहले भोलि काठमाडौँमा शक्ति प्रदर्शन गर्ने

    काठमाडौं । संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपालले भोलि काठमाडौँ फेरि शक्ति प्रदर्शन गर्ने भएको छ । नेकपा केन्द्रीय संघर्ष समितिले आज विज्ञप्ति निकालेर भोलि हुने आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

    भोलि हुने प्रदर्शन उपत्यकाका विभिन्न ठाउँहरुबाट पार्टी स्थायि समितिका सदस्यहरुले माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बालमिकी क्याम्पस लगायतका स्थानबाट नेतृत्व गर्ने भएका छन् ।

    यस्तै विभिन्न स्थानबाट सुरु भएको जुलुस रत्नपार्कमा जम्मा भइ मुख्य जुलुसमा परिणत हुने र उक्त जुलुस फेरि रत्नपार्क, पुतलीसडक, भद्रकाली, सहिदगेट, सुन्धारा हुँदै भृकुटीमण्डपको विरोध सभामा सामेल हुनेछ ।

    भृकुटीमण्डपमा हुने विशाल विरोधसभामा नेकपाका अध्यक्ष तथा केन्द्रीय सदस्यहरुले सम्बोधन गर्नेछन् ।

     

    Prachanda-khelako-press-rel.jpg

     


    बिहिवार, माघ ८ २०७७०६:४०:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij