Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

ओलीलाई आजका मितिबाट साधारण सदस्यबाट हटाउछौं– माधव नेपाल

ओलीलाई आजका मितिबाट साधारण सदस्यबाट हटाउछौं– माधव नेपाल

  • बिहिवार, माघ ८ २०७७

  • 799
    SHARES

  • ओलीलाई आजका मितिबाट साधारण सदस्यबाट हटाउछौं– माधव नेपाल

    सुर्खेत । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजकै मितिबाट साधारण सदस्यतबाट निष्कासन गर्ने घोषणा गर्नुभएको छ ।

    सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित आभसभालाई सम्बोधन गर्दै नेपालले ओलीलाई आजै कम्युनिष्ट पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने तयारी भइरहेको बताउनुभयो ।

    नेपालले भने, ‘आज पार्टीबाट हटाउने अन्तिम चरणमा छौं । आजकै मितिबाट साधारण सदस्यबाट निष्कासन गर्न गइरहेका छौं । हामीले ३ दिनको स्पष्टीकरण मागेका थियौं तर चार दिनसम्म स्पष्टीकरण दिएनन् । उनले स्पष्टीकरण दिने हिम्मत पनि राख्दैनन् ।’

    बालुवाटारमा लगेर सुरेन्द्र पाण्डेको टोलीले स्पष्टीकरणको पत्र बुझाएको तर ओलीमा जवाफ दिने आँट नभएको दावी नेपालले गर्नुभयो । उहाँले आजै चिठी लेखेर ओलीलाई साधारण सदस्यबाट निष्कासन गरिने बताउनुभयो ।


    बिहिवार, माघ ८ २०७७०३:३२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij