Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

ओलीको अवस्था ट्रम्पको जस्तै हुने जसपा अध्यक्ष उपेन्द्र यादवको चेतावनी

ओलीको अवस्था ट्रम्पको जस्तै हुने जसपा अध्यक्ष उपेन्द्र यादवको चेतावनी

  • बुधवार, माघ ७ २०७७

  • 1.0K
    SHARES

  • ओलीको अवस्था ट्रम्पको जस्तै हुने जसपा अध्यक्ष उपेन्द्र यादवको चेतावनी

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था डोनाल्ड ट्रम्पकै जस्तो हुने चेतावनी दिनुभएको छ ।

    जसरी राष्ट्रपतिको कार्यकाल पूरा गरेर जाँदाजाँदै ट्रम्पमाथि महाभियोग लाग्यो, ओलीमाथि पनि त्यस्तै हुने धारणा राख्दै उनले ओलीलाई अहंकार त्याग्न आग्रह गर्नुभयो ।

    प्रतिनिधिसभा विघटन विरुद्धमा जसपा नेपालले आज सप्तरीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताउनुभएको हो । काँग्रेसले समेत अहिले ढुलमुल चरित्र देखिएको बताउँदै उहाँले लोकतन्त्रको रक्षा काँग्रेसबाट हुन नसक्ने दावी गर्नुभयो ।

    दुई–चारवटा राजनीतिक नियुक्तिका लागि काँग्रेसका नेतृत्व पक्षले ओली समक्ष टाउको झुकाएर बसेको टिप्पणी गर्दै उहाँले लोकतन्त्रको रक्षाका लागि जसपा नेपाल वैकल्पिक शक्तिको रुपमा अगाडि आएको बताउनुभयो ।


    बुधवार, माघ ७ २०७७०७:४९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij