Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

संसद विघटनविरुद्ध भोलि हुने प्रदर्शनमा सहभागी हुन सभापति देउवाको अपील

संसद विघटनविरुद्ध भोलि हुने प्रदर्शनमा सहभागी हुन सभापति देउवाको अपील

  • बुधवार, माघ ७ २०७७

  • 1.2K
    SHARES

  • संसद विघटनविरुद्ध भोलि हुने प्रदर्शनमा सहभागी हुन सभापति देउवाको अपील

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले कांग्रेसले भोलि गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपील गर्नुभएको छ ।
    सभापति देउवाले आज कांग्रेसले आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी हुन विज्ञप्तिमार्फत अपील गर्नुभएको हो ।

    कांग्रेसले संसद विघटनको विरोधमा भोलि देशभरका ६ हजार ७४३ वडाहरुमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्दैछ । कांग्रेसले संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको छ ।

    उक्त असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

    सभापति देउवाले पार्टीको सबै तह एवं लोकतन्त्रवादी सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न विज्ञप्तिमार्फत अपील गर्नुभएको हो ।


    बुधवार, माघ ७ २०७७०६:४४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij