Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

संविधानको मूल मर्म विपरीत संसद विघटन भएकाले जनअदालतमा जान्छौँः प्रचण्ड

संविधानको मूल मर्म विपरीत संसद विघटन भएकाले जनअदालतमा जान्छौँः प्रचण्ड

  • बुधवार, माघ ७ २०७७

  • 897
    SHARES

  • संविधानको मूल मर्म विपरीत संसद विघटन भएकाले जनअदालतमा जान्छौँः प्रचण्ड

    काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक निकासलाई सहजीकरण गर्न जनताको अदालतमा जाने बताउनुभएको छ ।

    पेरिसडाँडामा आज आयोजित आदिवासी जनजाति महासंघ नेपालको भेलालाई सम्बोधन गर्दै उहाँले संविधानको मूल मर्म विपरीत संसद विघटन भएकाले जनअदालतमा जाने बताउनुभयो

    ‘जनताको अदालतमा गएर संवैधानिक निकायहरुलाई सहजीकरण गर्नुपर्ने अवस्थामा आइपुगेका छौं । यो दुर्भाग्यपूर्ण कुरा हो’, उहाँले भन्नुभयोे ।
    प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई दबाव दिने काम भइरहेकाले त्यसको खबरदारी गर्ने बताउँदै आउनुभएको छ ।

    संसद् विघटनले गणतन्त्र, संघीयता र समावेशिताको भावनाविरुद्ध हमला भएको प्रचण्डको भनाइ छ । उहाँले पार्टीभित्र देखिएको तानाशाही प्रवृत्तिविरुद्ध धैर्यतापूर्वक र दृढतापूर्वक लड्न आह्वान गर्नुभयो ।

    अहिलेको संविधानले नेपाली जनतामा सार्वभौमसत्ता निहीत भए पनि राजाको शैलीमा संसद् विघटन गरिएको उहाँले बताउनुभयो ।


    बुधवार, माघ ७ २०७७०६:३२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij