Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

तीन मिनेट बसेर अनिश्चितकालका लागि स्थगित भयो प्रदेश एकको बैठक

तीन मिनेट बसेर अनिश्चितकालका लागि स्थगित भयो प्रदेश एकको बैठक

  • बुधवार, माघ ७ २०७७

  • 918
    SHARES

  • तीन मिनेट बसेर अनिश्चितकालका लागि स्थगित भयो प्रदेश एकको बैठक

    काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक बसेको तीन मिनेटमै अनिश्चितकालका लागि स्थगित भएको छ । आज विराटनगरस्थित प्रदेश सभा हलमा सुरु भएको सातौँ अधिवेशको पहिलो बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

    बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुखबाट आएको हिउँदे अधिवेशन आह्वान भएको पत्र पढेर सुनाउँदै बैठक स्थगित गर्नुभएको हो । प्रदेश सभा हुनसक्ने अप्रिय घटनालाई रोक्नका लागि प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

    नेकपा विभाजज भएपछि त्यसको असर प्रदेश सरकारमा पनि परेको छ । प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । नेकपा विभाजनपछि एकले अर्को पक्षका सांसदलाई निलम्बन गर्दै आएका थिए ।

    कुनै पनि अप्रिय घटना नहोस् भन्नका लागि प्रदेश सभा परिसरमा मर्यादापालकको संख्या समेत बढाइएको थियो । यस्तै सांसदहरु बस्ने कुर्सीसमेत वेल्डिङ गरिएको थियो । यसअघि विभिन्न प्रदेश र प्रतिनिधि सभामा पनि सांसदहरुले कुर्सी उठाएर हानेको घटनाबाट पाठ सिक्दै वेल्डिङ गरिएको प्रदेशसभा सचिवाललयले जानकारी दिएको छ ।

    बामगती प्रदेश सभा सदस्य रमा आले मगरको समर्थन प्रचण्ड–माधव समूहलाई नै

    यता, प्रधानमन्त्री केपी ओली समूहले केन्द्रीय सदस्यमा मनोनित गरेको बामगती प्रदेश सभा सदस्य रमा आले मगरले आफ्नो समर्थन प्रचण्ड–माधव समूहलाई नै रहेको बताउनुभएको छ । नेकपा विभाजनपछि आलेलाई ओली समूहले केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

    तर, उक्त पद अस्वीकार गरेको उहाँले बताउनुभयो । आफ्ना बारेमा अनेक हल्ला चलाइएको बताउँदै उहाँले आफ्नो समर्थन अष्टलक्ष्मी शाक्यलाई नै रहेको बताउनुभयो । आले काठमाडौं–१० (ख) बाट प्रदेससभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

    उहाँले मुख्यमन्त्री डोरमणि पौडेल विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर समेत गर्नुभएको छ । बागमती प्रदेशसभा बैठक आजबाट शुरु हुँदैछ ।

    नेकपा विभाजित भएपछि ओली समूहका मुख्यमन्त्री पौडेल विरुद्ध प्रचण्ड–माधव समूहका ४५ जनाले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । अविश्वासको प्रस्ताव दर्ता गराउँदै शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ ।


    बुधवार, माघ ७ २०७७०३:१९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij