Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

संसद् विघटनका मुद्दामा बहस गर्न आधा घण्टाको समय

संसद् विघटनका मुद्दामा बहस गर्न आधा घण्टाको समय

  • बुधवार, माघ ७ २०७७

  • 1.0K
    SHARES

  • संसद् विघटनका मुद्दामा बहस गर्न  आधा घण्टाको समय

    काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतमा जारी सुनुवाइमा बहस गर्ने अधिवक्तालाई समय तोकिएको छ । आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आधा घण्टाको समय निर्धारण गर्नुभएको हो ।

    यसअघि एउटै अधिवक्ताले घण्टौँ बहस गरेपछि समय अभाव हुनसक्ने भन्दै बहसलाई छरितो बनाउन न्यायाधीशहरुले सुझाव दिएका थिए ।

    तर प्रधानन्यायाधीश जबराले समय निर्धारण गरे लगत्तै बरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले एक घण्टा समय माग गरेका थिए । प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध गत आइतबारदेखि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाई जारी छ ।


    बुधवार, माघ ७ २०७७१२:०४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij