चीनको वुहानबाट गत वर्षको अन्त्यदेखि फैलन शुरू भएको कोरोनाका कारण विश्वभरका देश प्रभावित बनेका छन । अफगानिस्तानका ६० देखि ७० प्रतिशत सांसदमा कोरोना संक्रमण देखिएको छ । त्यहाँको एक समितिले हिजो यो तथ्य सार्वजनिक गरेको हो । संक्रमित भएका मध्ये केही सांसद भने उपचारपछि निको भएका छन् ।
अफगानिस्तानको हेरात प्रान्तका सांसद सिमिन बरकजईका अनुसार देशका थुप्रै नेता भाइरसको चेपटामा परेका र कतिपयलाई निको भएको जानकारी दिएका छन ।
अफगानिस्तानमा अहिलेसम्म ३४ हजार तीन सय ६६ जना सङ्क्रमित भएका छन् भने यो महामारीबाट ९४९ को मृत्यु भएको छ ।