काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरुद्धमा आज पनि विभिन्न पार्टी तथा संगठनहरुले विरोधका कार्यक्रमहरु गर्न लागेका छन् ।
विघटनका विरुद्धमा दोस्रो चरणको आन्दोलनमा रहेको नेकपाको दाहाल नेपाल समूहले आज काठमाडौ उपत्यकामा मोटरसाइकल ¥याली निकाल्न लागेको छ ।
पर्सी काठमाडौमा आयोजना गरिने वृहत प्रदर्शनको प्रचार प्रसार गर्न आज विभिन्न ठाउँबाट नेकपाको दाहाल नेपाल समूहले मोटरसाईकल ¥याली निकाल्न लागेको हो ।
सो समूहले भक्तपुरमा सल्लाघारी चोकदेखि विहान ११ बजे, ललितपुरमा लगनखेलदेखि दिउसो १ बजे र काठमाडौमा भृकुटी मण्डपदेखि दिउसो २ बजे ¥याली निकाल्न लागिएको जनाएको छ ।
¥यालीमा युवा तथा विद्यार्थी र पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहने नेताहरुले जानकारी दिएका छन् । दाहाल नेपाल समूहकै आदिवासी जनजाति महासंघको राष्ट्रिय भेला पनि आजै आयोजना गरिएको छ ।
नेकपाको पार्टी कार्यालय पेरिसडाँडा,कोटेश्वरमा विहान ११ बजेपछि हुने कार्यक्रममा आफ्नो पक्षमा दुवै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल दुवैले सम्वोधन गर्नुहुने जनाइएको छ ।
यता प्रतिनिधि सभा विघटनकै विरुद्धमा जनता समाजवादी पार्टीले पनि आज विभिन्न ठाँउमा विरोध प्रदर्शन गर्न लागेको छ । पुर्व घोषित कार्यक्रम अनुसार देशका विभिन्न ठाउँमा विरोध कार्यक्रमहरुको तयारी भइरहेको सो पार्टीले जनाएको छ ।
जनता समाजवादी पार्टीले ललितपुरको लगनखेल बसपार्कमा दिउसो १ बजे, काठमाडौँको शान्तिवाटिका रत्नपार्कमा दिउसो २ बजे र भक्तपुरको दुधपाटीमा दिउसो साढे २ बजे विरोध प्रदर्शन गर्न लागेको हो । कार्यक्रममा केन्द्रीय नेताहरु समेत सहभागी हुने जनाइएको छ ।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भन्दै नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पनि आज देशैभरी सिठ्ठि जुलुश निकाल्ने भएको छ ।
काठमाडौको पशुपति क्याम्पस चावाहिलमा दिउसो ३ बजे सिठ्ठी जुलुश निकाल्ने तय भएको र अन्य ठाउँहरुमा स्थानीय आयोजकको अनुकुलताका आधारमा जुलुश निकाल्ने तयारी भइरहेको नेविसंघका महामन्त्री युवराज पाण्डेले जानकारी दिनुभयो ।
ओलीको कदमका विरुद्धमा नेविसंघले लगातार विभिन्न विरोधका कार्यक्रम गर्दै आइरहेको छ भने काँग्रेसले पनि विभिन्न कार्यक्रम गर्ने शिलशिलामा भोली देशभरका सवै वडाहरुमा प्रदर्शन गर्न लागेको छ ।