काठमाडौँ । प्रतिनिधिसभा विघटन विरुद्ध परेका एक दर्जन बढी रिटहरुको सुनुवाई आजपनि हेर्दाहेर्दैमा राखिएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतवार देखि नियमित रुपमा भइरहेको सुनुवाई आज पनि हेर्दा हेर्दैमा राखिएको हो । भोली पनि सुनुवाई हुनेछ ।
मंगलबार रिट निवेदकको तर्फबाट चारजना अधिवक्ताहरुले बहस गरे।
बहसका क्रममा अधिवक्ताहरुले अहिलेको संविधानमा संसद विघटनको व्यवस्था नभएको जिकिर गरेका छन्।