Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मूल्य वृद्धिविरुद्ध नेविसंघको प्रदर्शनः ‘नाफा–घाटा जान्दैनौँ, मूल्य वृद्धि मान्दैनौँ’

मूल्य वृद्धिविरुद्ध नेविसंघको प्रदर्शनः ‘नाफा–घाटा जान्दैनौँ, मूल्य वृद्धि मान्दैनौँ’

  • आइतवार, आषाढ २८ २०७७

  • 840
    SHARES

  • मूल्य वृद्धिविरुद्ध नेविसंघको प्रदर्शनः ‘नाफा–घाटा जान्दैनौँ, मूल्य वृद्धि मान्दैनौँ’

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि विरुद्ध नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौँमा प्रदर्शन गरेको छ । नेविसंघका विद्यार्थी नेताहरुले बबरमहलमा आज प्रदर्शन गरेका हुन् ।

    उनीहरुले ‘नाफा–घाटा जान्दैनौँ, मूल्य वृद्धि मान्दैनौँ’ सहितका नारा लगाएर बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय अगाडि प्रदर्शन गरेका छन । उनीहरुले निगमको कार्यालय घेराउ गर्दै नारा लगाएका हुन् ।

    सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाउँदा सर्वसाधारण जनता मारमा परेकाले तत्काल मूल्यवृद्धि फिर्ता लिनु पर्ने नेविसंघका महामन्त्री युवराज पाण्डेले बताउनुभयो ।

    सरकारले पछिल्लो पटक शुक्रबार पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । अहिले पेट्रोलको मूल्य प्रतिलिटर रू १०२ तथा डिजेल र मट्टीतेल प्रतिलिटर रू ८८ पुगेको छ ।


    आइतवार, आषाढ २८ २०७७०१:२८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij