काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल नेपाल समूहले प्रतिनिधि सभा विघटनको विरुद्ध आज पनि देशभरी पर्चा वितरण, कोण सभा, माइकिङलगायतका कार्यक्रम गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको उलंघन गरेको, जनमतको अपमान गरेको, सत्तामा बसेर दादागिरी गरेको लगायतका आरोप लगाउदै उनीहरुले जनतालाई ओली विरुद्ध उभिन आह्वान गर्न लागेका हुन् ।
यहि माघ ९ गते काठमाडौमा हुने विशाल विरोध सभामा सहभागीताका लागि पनि उनीहरुले आज घरदैलोमा पुगेर आग्रह गर्ने तयारी गरेका छन् ।
प्रचार प्रसार र घरदैलो आज देखि देशभरी हुने नेकपाको दाहाल नेपाल समूहले जनाएको छ ।