Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सोचेको जति काम गर्न सकेनौँ : मुख्यमन्त्री राउत

सोचेको जति काम गर्न सकेनौँ : मुख्यमन्त्री राउत

  • सोमवार, माघ ५ २०७७

  • 1.2K
    SHARES

  • सोचेको जति काम गर्न सकेनौँ : मुख्यमन्त्री राउत

    काठमाडौं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मधेसी जनताको रगतबाट नै मुलुकमा संघीयता आएको बताउनु भएको छ ।

    उहाँले मधेशी, आदिवासी, जनजातीका लागी लड्ने शहिदका लागी श्रद्धाञ्जली व्यक्त गर्दै संघीयता स्थापित गर्न मधेशी जनताको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

    आज प्रदेशमा मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा मनाइने बलिदानी दिवसको अवसरमा सार्वजनिक विदा समेत दिएको मुख्यमन्त्री राउतले जानकारी दिनुभएको छ ।

    फरक प्रसंगमा उहाँले अहिले सितलहरका कारण प्रदेशवासीले कष्ट भोग्नु परेको बताउँदै न्यानो कपडा वितरणमा आफूहरु लागी परेको बताउनु भयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा मुख्यमन्त्री राउतले भन्नुभयो “स्थानीय सरकारको सीमित श्रोत साधनले भ्याए सम्म हामी काम गरिहेका छौँ, तर हामीले जती सोचेका थियौँ त्यो अनुसारका काम गन सकेका छैनौँ, अहिले गृह मन्त्रालयले न्यानो कपडा वितरणको प्रकृया थालेको छ, जाडोका कारण कसैलाई पनि हामी मर्न दिदैनौं ।”

    मुख्यमन्त्री राउतले समाज रुपान्तरण, महिलाको हक अधिकार र उत्पीडित समूदायको हकमा हुन नसकेका काम प्रदेश सरकार आए पछि मात्रै भएको दाबी पनि गर्नुभयो ।

    प्रधानमन्त्रीको कदमले देश संवैधानिक अस्थिरता तिर गएको बताउँदै उहाँले देश चलाउनेले नै जनताको हक अधिकार धरापमा पार्नु शंकाजनक भएको टिप्पणी गर्नुभएको छ ।

     


    सोमवार, माघ ५ २०७७०९:२४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij