Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रदेश-२ मा आज सार्वजनिक बिदा

प्रदेश-२ मा आज सार्वजनिक बिदा

  • सोमवार, माघ ५ २०७७

  • 838
    SHARES

  • प्रदेश-२ मा आज सार्वजनिक बिदा

    काठमाडौं । मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा प्रदेश-२ मा आज बलिदानी दिवस मनाइँदै छ ।

    दिवसका अवसरमा आज प्रदेश-२ सरकारले प्रदेशमा सार्वजनिक बिदा दिएको छ । २०६३ साल माघ ५ मा सिरहाको लहानमा भएको आन्दोलनमा रमेश महतोको ज्यान गएको दिनको सम्झनामा मधेश केन्द्रीत दलले आजको दिनलाई बलिदानी दिवसका रुपमा मनाउने गरेका छन् ।

    दिवसका अवसरमा विभिन्न कार्यक्रम हुने गरे पनि शहीदको भावनाको कदर हुन नसकेको शहीदका परिवारले बताउने गरेका छन् । तीन चरणमा भएको मधेश आन्दोलनको क्रममा १ सय ३ जनाले ज्यान गुमाएका थिए ।


    सोमवार, माघ ५ २०७७०७:२२:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij